PahiloPost

Aug 24, 2025 | ८ भदौ २०८२

पछिल्लो २४ घण्टामा करिब तीन हजारको पीसीआरबाट परीक्षण, २० वटा प्रयोगशालाबाट सञ्चालनमा



पहिलोपोस्ट

पछिल्लो २४ घण्टामा करिब तीन हजारको पीसीआरबाट परीक्षण, २० वटा प्रयोगशालाबाट सञ्चालनमा

काठमाडौंः सोमबारसम्म ५१ हजार ६४२ जनाको पीसीआरमार्फत कोरोना भाइरसको परीक्षण गरिएको छ। यस्तै आरडीटीबाट ९५ हजार १९२ जनाको परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए।

२४ घण्टामा २ हजार ९०४ पीसीआर परीक्षण गरिएको छ।

केही दिन यता क्वारेन्टाइन बस्ने र पीसीआर परीक्षण गर्नेको संख्या बढेको हो। हालसम्म क्वारेन्टाइनमा ४६ हजार २९ जना रहेको छन्।

एक हजार ६५२ जनाले फोन गरेर आफूलाई कोरोना संक्रमण भए नभएकोबारे जानकारी लिएका छन्। कोभिड १९ को परीक्षणका लागि एक प्रयोगशाला थपिएसँगै २० वटा प्रयोगशालबाट कोरोना परीक्षण गर्न थालिएको छ।

सोमबारसम्म  ५६७ जना आइसोलेसनमा छन्।

त्रिवि शिक्षण अस्पताल आजदेखि पीसीआर परीक्षण थालिएको छ।

हालसम्म ६८२ जनालाई संक्रमण पुष्टि भएको छ। १४१ जना डिस्चार्ज भएका छन्। मृतकको संख्या ४ पुगेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell