PahiloPost

Jan 6, 2025 | २२ पुष २०८१

सुदूरपश्चिममा प्रदेश सभाको तयारी : २५० जनाको स्वाब संकलन, स्वास्थ्य सुरक्षामा उच्च सतर्कता

सुदूरपश्चिममा प्रदेश सभाको तयारी : २५० जनाको स्वाब संकलन, स्वास्थ्य सुरक्षामा उच्च सतर्कता

एम बम/पहिलोपोस्ट


कैलाली : सुदूरपश्चिम प्रदेश सभाको बजेट अधिवेशन मंगलवारबाट शुरु हुँदैछ। मंगलवार दिउँसो २ बजे बर्षे अर्थात बजेट अधिवेशनको पहिलो बैठक आह्वान गरिएको सुदूरपश्चिम प्रदेश सभा सचिवालयका सचिव राम सिंह धामीले जानकारी दिए।

त्यसको तयारी स्वरुप प्रदेश प्रमुख, मन्त्रीहरु, प्रदेश सभा सदस्य, कर्मचारी, सरक्षाकर्मी, पत्रकार लगायत २ सय ५० जनाको स्वाब संकलन गरी परीक्षण गरिएको उनको भनाइ छ। कोरोनाको जोखिमलाई मध्यनजर गर्दै स्वास्थ्य सुरक्षामा उच्च सतर्कताका साथ अधिवेशन सञ्चालन गरिने प्रदेश सरकारको भनाइ छ।

प्रदेशका समाजिक विकास मन्त्री कृष्णाज सुवेदीले भने, ‘सबैको अनिवार्य कोरोना परीक्षण पश्चात सामाजिक दुरीको समेत ख्याल गरेर सभा सञ्चालन हुने छ।’

बजेट ल्याउनु पूर्व त्यसका सिद्धान्त, प्राथमिकता, नीति तथा कार्यक्रमलगायतका विषयमा छलफल गर्नुपर्ने भएकाले असार १ गते सदनमा बजेट प्रस्तुत हुनु पूर्व अधिवेशन शुरु हुन लागेको उनले बताए।

सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३३ अर्बको बजेट ल्याउने गरी गृहकार्य थालेको छ। जसमा भौतिक पूर्वाधारसँगै स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर बजेट ल्याउने आर्थिक मामिला तथा योजनामन्त्री झपट बहादुर बोहराले बताए।

प्रत्येक वर्षको असार १ गते भित्र आगामी आर्थिक वर्षको राजश्व र व्ययको अनुमान प्रदेश सभामा पेश गरिसक्नुपर्ने कानुनी व्यवस्था छ।

लकडाउनका कारण चालु आर्थिक वर्षको बजेट खर्चलाई कसरी बढाउने भन्ने विषयमा भने सरकारसँंग कुनै विकल्प छैन। आर्थिक वर्ष सकिन २ महिना बाँकी रहँदासम्म सरकारको बजेट एक चौथाइको हाराहारीमा मात्रै खर्च भएको छ।



ट्रेन्डिङ पोस्ट

Ncell