PahiloPost

Aug 24, 2025 | ८ भदौ २०८२

प्रधानमन्त्री ओली मन्त्रीहरु लिएर शीतल निवासमा, बुझाए दुई प्रतिवेदन



पहिलोपोस्ट

प्रधानमन्त्री ओली मन्त्रीहरु लिएर शीतल निवासमा, बुझाए दुई प्रतिवेदन

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई दुई वटा प्रतिवेदन बुझाएका छन्।

सोमवार मन्त्रीहरु लिएर राष्ट्रपति कार्यालय शीतल निवास पुगेका ओलीले सरकार र सुरक्षा परिषदको अघिल्लो वर्षको प्रतिवेदन बुझाएका हुन्।

राष्ट्रपति कार्यालयका अनुसार ओलीले राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयनका सम्बन्धमा आर्थिक वर्ष २०७५/०७६ मा सरकारले गरेका काम र प्राप्त उपलब्धी सहितको वार्षिक प्रतिवेदन नेपालको संविधानको धारा ५३ बमोजिम राष्ट्रपतिलाई पेश गरेका छन्।

त्यसैगरी राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्षसमेत रहेका ओलीले संविधानको धारा २६६ को उपधारा (३) बमोजिम परिषद्को आर्थिक वर्ष २०७५/०७६ को वार्षिक प्रतिवेदन राष्ट्रपति भण्डारीसमक्ष पेश गरेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरेले जानकारी दिए।

प्रधानमन्त्रीको साथमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, अर्थमन्त्री युवराज खतिवडा लगायत उच्च पदस्थ अधिकारीहरु शीतल निवास पुगेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell