PahiloPost

May 19, 2026 | ५ जेठ २०८३

गृह मन्त्रालयले गर्‍यो आठ जिल्लामा सिडिओको हेरफेर, को कहाँ?



पहिलोपोस्ट

गृह मन्त्रालयले गर्‍यो आठ जिल्लामा सिडिओको हेरफेर, को कहाँ?

काठमाडौँः गृह मन्त्रालयले विभिन्न जिल्लाहरुमा प्रमुख जिल्ला अधिकारी हेरफेर गरेको छ। मन्त्रालयका अनुसार हालका पाँच प्रमुख जिल्ला अधिकारीको सरुवा भएको छ। अन्य तीन जनालाई प्रजिअको जिम्मेवारी थप गरिएको छ।

निर्णय अनुसार बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्कालाई गृह मन्त्रालय ल्याइएको छ। बाँकेमा रामबहादुर कुरुवाङलाई खटाइएको छ। उनलाई कायम मुकायम प्रमुख जिल्ला अधिकारीका रुपमा खटाइएको हो। यसअघि उनी स्याङ्जामा प्रजिअ थिए। 

यस्तै, गृह मन्त्रालयमा कार्यरत शंकरहरि आचार्यलाई सप्तरीको प्रमुख जिल्ला अधिकारीमा पठाइएको छ। सप्तरीमा प्रजिअका रुपमा कार्यरत सुनील खनाललाई अध्यागमन विभागमा सरुवा गरिएको छ। एकल विन्दु सेवा केन्द्रमा कामकाज गर्नेगरी खनालको सरुवा भएको हो। 

यस्तै, पर्वतका प्रजिअ कल्पना घिमिरे नेपाललाई जिल्ला प्रशासन कार्यालय चितवन पठाइएको छ। सहायक प्रजिअको रुपमा नेपाललाई चितवन पठाइएको हो। गृह मन्त्रालयमा कार्यरत शम्भुप्रसाद रेग्मीलाई पर्वतको प्रजिअमा खटाइएको छ। 

जुम्लाका प्रजिअ दुर्गा बञ्जाडेलाई जिल्ला प्रशासन कार्यालय पाल्पा सरुवा गरिएको छ। सहायक प्रजिअका रुपमा बञ्जाडेको सरुवा भएको हो। जुम्लाको प्रजिअमा भने गृहमा कार्यरत भूपेन्द्र थापालाई पठाइएको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell