PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

६ महिनासम्मको ब्याज मिनाहा गर्न पेट्रोल पम्प व्यवसायीको माग



रासस

६ महिनासम्मको ब्याज मिनाहा गर्न पेट्रोल पम्प व्यवसायीको माग

काठमाडौं : नेपालभर सञ्चालनमा रहेका पेट्रोल पम्पमा लगानी भएका बैँकहरुको कर्जाको ब्याज ६ महिनासम्मका लागि मिनाहा गर्न पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनले नेपाल आयल निगमसँग माग राखेको छ।

दुई महिना लामो लकडाउनमा पेट्रोलियम पदार्थको खपतमा कमी आएको भन्दै संस्थाले निगमसँग बैँकको किस्ता भुक्तानी अवधि बढाउनका लागि आवश्यक पहल गर्न तथा अन्य व्यवसायसरह पम्प व्यवसायलाई पुनर्कर्जाको व्यवस्थाका लागि समेट्न आग्रह गरेको छ।

एसोसिएसनका अध्यक्ष लिलेन्द्र प्रसाद प्रधानका अनुसार लकडाउनका कारण पेट्रोलियम व्यवसायमा समेत प्रत्यक्ष प्रभाव परेको र कर्मचारीलाई तलब भुक्तानीमा समस्या भएकाले कारोबार बन्द भएको अवधिमा कर्मचारीको तलब निगमका तर्फबाट भुक्तानी गर्ने लगायत सात बुँदे माग राखिएको छ।

एसोसिएसनमा आबद्ध एक हजार पाँच सय पम्पमा करिब पाँच हजार कर्मचारी छन्। एउटा पम्पमा पाँच देखि १० जना कर्मचारीले काम गर्दै आएका एसोसिएसनको तथ्यांकमा उल्लेख छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell