PahiloPost

Aug 24, 2025 | ८ भदौ २०८२

दुईवटा टिपर जुध्दा ट्राफिकका सईको मृत्यु! चालकले गरेका थिए मदिरा सेवन



पहिलोपोस्ट

दुईवटा टिपर जुध्दा ट्राफिकका सईको मृत्यु! चालकले गरेका थिए मदिरा सेवन

काठमाडौं : टिपरको ठक्करबाट ड्युटीमा खटिएका एक ट्राफिक प्रहरीको मृत्यु भएको छ। भक्तपुरको मध्यपुर थिमि ४ मा सोमवार राति ड्युटीमा खटिएका प्रहरी नायव निरीक्षक (सई) निमबहादुर घर्ती मगरको मृत्यु भएको हो।

इलाका प्रहरी कार्यालय रुकुमकोट पूर्व दरबन्दी भएका सईको उपचारको क्रमममा नर्भिक अस्पतालमा मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी महाशाखका प्रमुख एसएसपी भीम ढकालले जानकारी दिए।

काठमाडौंबाट भक्तपुरतर्फ आउँदै गरेको बा ४ ख ४७०१ नम्बरको खाली टिपर र बा ४ ख ४३१८ नम्बरको टिपर अन्यन्त्रित भई एक आपसमा ठोक्किँदा ड्युटीमा खटिएका प्रहरीको मृत्यु भएको हो।

प्रहरीले टिपरका चालक धादिङ थाक्रे बस्ने ४० वर्षीय राजेन्द्र प्याकुरेल र राजेश सैजुलाई नियन्त्रणमा लिएको छ। चचालक सैजुले मापसे गरेर टिपर चलाएको देखिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell