PahiloPost

Aug 5, 2026 | २० साउन २०८३

कर्णालीमा थपिए १२ नयाँ संक्रमित : ९ वर्षको बालकदेखि ४९ वर्षसम्मलाई कोरोना



पी बी खड्का

कर्णालीमा थपिए १२ नयाँ संक्रमित : ९ वर्षको बालकदेखि ४९ वर्षसम्मलाई कोरोना

सुर्खेत : कर्णाली प्रदेशमा थप १२ जनामा कोरोना भाईरस संक्रमित पुष्टि भएको छ।

प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको आरटी पीसीआर परीक्षणमा वीरेन्द्रनगरका १६, २०, ९, ३२, ३६, ४६ र २६ वर्षे पुरुष र ३२ वर्षीया एक महिला गरी आठ जनामा संक्रमण देखिएको छ। त्यसैगरी भेरीगंगा नगरपालिका वडा नं. ८ का १६ र १७ वर्षका दुई पुरुष र सिम्ता गाउँपालिका वडा नं. ४ का ३५ र ४९ वर्षे दुई दुई पुरुषमा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयको स्वास्थय सेवा महाशाखाका प्रमुख डा. लक्ष्मी नारायण तिवारीले जानकारी दिए।

यससँगै अब कर्णालीमा संक्रमितको संख्या २३ पुगेको छ। संक्रमित सबै भारतबाट आएको उनको भनाई छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell