PahiloPost

Jan 14, 2026 | १ माघ २०८२

भारतमा कोरोना संक्रमण नियन्त्रणबाहिर जाँदै, बिहारको रफ्तार भारतमै उच्च



पहिलोपोस्ट

भारतमा कोरोना संक्रमण नियन्त्रणबाहिर जाँदै, बिहारको रफ्तार भारतमै उच्च

नयाँ दिल्ली : पछिल्लो १५ दिनमा भारतमा ७० हजार नयाँ कोरोना संक्रमित थपिएका छन्। संक्रमण सुरुवातको सय दिनमा भारतमा ६८ हजार जनामा कोभिड १९ पोजेटिभ देखिएको थियो।

महाराष्ट्र र तामिल नाडूमा संक्रमितको संख्या दोब्बर हुन १२ दिनमात्र लाग्यो नेपालसँग सबैभन्दा लामो सीमा जोडिएको बिहारमा सात दिनमा नै संक्रमित दोब्बर देखिएका छन्। हिन्दुस्तान टाइम्सले संकलन गरेको तथ्याङ्कअनुसार बिहारमा संक्रमितको दर १०.६७ प्रतिशत रहेको छ जुन भारतकै सर्वाधिक हो। जबकि उत्तर प्रदेश र गुजरातमा यो दर घट्दै गएको छ।

संक्रमणका कारण विश्वका सबैभन्दा खराव अवस्थाका मुलुकको सूचीमा भारतले आइतवार मात्रै इरानलाई उछिनेको थियो। अहिलेकै रफ्तारमा संक्रमित बढिरहने हो भने भारतमा दुई दिनभित्र १ लाख ५० हजार संक्रमित हुनेछन्।

जसरी संक्रमितको संख्या बढेको छ भारतमा मृत्यु हुनेको संख्या पनि १५ दिन दोब्बर देखिएको छ। पछिल्ला दुई दिनमा मृत्युदर ८ प्रतिशतले बढेको छ।

भारतमा संक्रमितको अहिलेको रफ्तार जुन अवस्थामा छ त्यो रफ्तार ब्राजिलमा १५ दिन अघि देखिएको थियो। ब्राजिल अहिले सबैभन्दा संक्रमित मुलुकको दोस्रो स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell