PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

दुई स्टाफमा कोरोना देखिएपछि बलिउड निर्देशक करन जोहरका परिवार नै होम आइसोलेसनमा



पहिलोपोस्ट

दुई स्टाफमा कोरोना देखिएपछि बलिउड निर्देशक करन जोहरका परिवार नै होम आइसोलेसनमा

बलिउड निर्देशक करन जोहरले ट्विट गर्दै उनको घरमा काम गर्ने दुई जनामा कोभिड १९ पोजेटिभ देखिएको जानकारी दिएका छन्। उनीहरुको उपचार भइरहेको बताउँदै उनले परिवारका अरु सबै सुरक्षित रहेको र संक्रमणको कुनै पनि संकेत नरहेको बताएका हुन्।

'हाम्रो घरमा रहेका दुई जना स्टाफमा कोभिड १९ पोजेटिभ देखिएको यहाँहरु सबैलाई जानकारी गराउन चाहन्छु। उनीहरुमा जसै संक्रमणका संकेतहरु देखियो, हामीले घरमै क्वारेन्टाइनमा रहाखेका थियौं,' उनले जानकारी दिएका छन्।

करन र उनका परिवारको पनि कोरोना परीक्षण गरिएको थियो। उनीहरु कसैमा पनि संक्रमण देखिएको छैन। 'बाँकी रहेका हाम्रो परिवार र सहयोगी स्टाफहरु सबै सुरक्षित छौं र कुनै संक्रमणको संकेत छैन,' उनले लेखेका छन्। उनले हिजो बिहान स्वाब संकलन गरेर परीक्षण भएको बताउँदै परिणाम नेगेटिभ देखिएको जनाए। यद्पि, अझै आफूहरु आइसोलेसनमा १४ दिनसम्म रहिरहने उनले जानकारी गराएका छन्। आफू वरपरका लागि सुरक्षित राख्नका लागि पनि आइसोलेसनमा रहने उनले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell