PahiloPost

Jan 10, 2025 | २६ पुष २०८१

क्वारेन्टाइनको निगरानी गर्ने २ सैनिक सहित ५ जनामा संक्रमण, बारामा संक्रमित पुगे ४१



राधेश्याम पटेल

क्वारेन्टाइनको निगरानी गर्ने २ सैनिक सहित ५ जनामा संक्रमण, बारामा संक्रमित पुगे ४१

वीरगंज : बारामा कोरोना संक्रमितको संख्या ४१ पुगेको छ। मंगलवार बिहान राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुको रिपोर्ट अनुसार थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

संक्रमितमध्ये २ जना हुम्ला घर भएका चन्दनाथ गण कलैया सैनिक ब्यारेकका सिपाही रहेका छन्। सैनिकमध्ये एक जनाको ३५ र अर्कोको ३७ वर्ष उमेर रहेको स्वास्थ्य कार्यालय बाराका कोरोना फोकल पर्सन शंकर गुप्ताले जानकारी दिए।

त्यसैगरी, पचरौता नगरपालिकाको क्वारेन्टाइनमा रहेका थप तीन जना पुरुषमा संक्रमण पुष्टि भएको छ जसमा पचरौता नगरपालिका वडा नं १ पिपरपातिका २ जना र वडा नम्बर २ श्रीनगर वैरियाका १ जना गरी तीन जना रहेका छन्। उनीहरुको उमेर १९, २३ र ३० वर्ष रहेको छ। क्वारेन्टाइनमा बस्नेहरु र दुई सैनिकको एक हप्ता अघि स्वाब संकलन गरी काठमाडौं पठाइएकोमा मंगलवार रिपोर्ट आएको हो। भारतको विभिन्न राज्यबाट रेल र बसबाट फर्केका पचरौताको करिब डेढ सय भन्दा बढीलाई पचरौताको स्कूलमा क्वारेन्टाइनमा राखिएको छ। यसैगरी, बारामा अब कोरोना संक्रमितको संख्या ४१ पुगेको छ भने एक जनाको मृत्यु भइसकेको छ। दुई जना निको भएर डिस्चार्ज भइसकेका छन्। संक्रमितलाई कलैया र गंगापुरस्थित आइसोलेसन वार्डमा ल्याउने तयारी भइरहेको बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पंडितले जानकारी गराए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell