PahiloPost

May 19, 2026 | ५ जेठ २०८३

नयाँ नक्सा अनुसार संघीय संसद्को लोगो परिवर्तन



पहिलोपोस्ट

नयाँ नक्सा अनुसार संघीय संसद्को लोगो परिवर्तन

काठमाडौँः सरकारले अतिक्रमित भूमि समेत समेटेर मुलुकको नक्सा अद्यावधिक गरेपछि राज्यका विभिन्न निकायमा नक्सा परिमार्जन लगायतका काम धमाधम भइरहेका छन्। निशान छाप परिमार्जनका लागि विधेयक प्रतिनिधिसभामा दर्ता गरिएको छ। नयाँ नक्सा छपाइको काम धमाधम भइरहेको छ। 

यसैबीच संघीय संसद्का दुबै सदनको लोगो परिमार्जन गरिएको छ। अद्यावधिक नक्सा अनुसारको लोगो मंगलबारदेखि प्रचलनमा ल्याइएको संसद् सचिवालयले जनाएको छ। 

सांसदहरुको लोगो परिमार्जनको प्रक्रिया पनि सचिवालयले अघि बढाइसकेको छ। यसअघि कार्यव्यवस्था परामर्श समितिले लोगो, नक्सा लगायत परिमार्जनका लागि सचिवालयलाई निर्देशन दिएको थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell