जर्मन बुन्डेसलिगामा आज शीर्ष दुई टोली बोरुसिया डर्टमन्ड र बायर्न म्युनिखबीच खेल हुँदैछ। खेल आज बेलुकी सवा१० बजे डर्टमन्डको घरेलु मैदानमा हुनेछ।
आजको खेलमा जित निकालेको खण्डमा बायर्नले जित निकालेको खण्डमा ७ अंकको अग्रता बनाउने छ। डर्टमन्डले जितेको खण्डमा बायर्नसँग १ अंकले मात्र पछाडि रहने छ।
बायर्नले २७ खेलमा १९ जित ४ बराबरी र ४ पराजयसहित ६१ अंक जोड्दै शीर्षस्थानमा छ। त्यस्तै २७ खेलमा १७ जित, ६ बराबरी र ४ पराजय भोगेको डर्टमन्ड ५७ अंकसहित दोस्रो स्थानमा छ। त्यस्तै लाइपजिग ५४ अंकसहित तेस्रो र लेवरकुसन ५३ अंकसहित चौथो स्थानमा छ।
