PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

नेपाली कलाकारको अनुहार राखेर अश्लिल भिडियो, उजुरी परेपछि प्रहरीले थाल्यो अनुसन्धान



पहिलोपोस्ट

नेपाली कलाकारको अनुहार राखेर अश्लिल भिडियो, उजुरी परेपछि प्रहरीले थाल्यो अनुसन्धान

काठमाडौँ : नेपाली कलाकारको फोटो राखेर चरित्र हत्या गर्ने काम भएको भन्दै चलचित्र कलाकार सङ्घले प्रहरीमा उजुरी दिएको छ।

सङ्घका अध्यक्ष रवीन्द्र  खड्का सहितको टोली मङ्गलवार महानगरीय अपराध अनुसन्धान महाशाखा पुगेर उजुरी दिएको हो। विभिन्न अश्लील किसिमका भिडिओमा नेपाली कलाकारको अनुहार राखेर विभिन्न साइटमा राखेपछि उजुरी दिएका हुन्।

'उहाँहरूले उजुरी लिएर आउनु भएको छ। हामीले अनुसन्धान थालिसकेका छौँ,' महाशाखाका एसपी होविन्द्र बोगटीले भने।

२ जनाभन्दा बढी नेपाली कलाकारको टाउको जोडेर विभिन्न पोर्न साइटहरूमा भिडियो अपलोड गरेको पाइएको छ। यसरी अपलोड गरिएको साइटमा नेपालको भूमि कालापानी र लिम्पियाधुरा समेतलाई जोडिएको छ।

सरकारले दार्चुलाको लिम्पियाधुरा, कालापनि लगायतको भूभाग समेटेर नेपालको नक्सा सार्वजनिक भएपछि भारत केही मानिस विरोधमा पनि देखिएका छन्। कलाकारको भिडियो अपलोड पनि ह्याकरले नेपाली कलाकारको बदनाम गराउन गरेको हुन सक्ने प्रारम्भिक अनुसन्धानले देखाएको छ।

'कसले गर्‍यो? किन गर्‍यो भन्ने अनुसन्धान भइरहेको छ। अहिले नै यस्तो हो भन्ने अवस्था छैन,' एसपी बोगटीले भने।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell