PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

प्रहरीमा कोरोना सङ्क्रमण त्रास, सुरक्षित भएर काम गर्न पीपीईको साथ

प्रहरीमा कोरोना सङ्क्रमण त्रास, सुरक्षित भएर काम गर्न पीपीईको साथ

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौः पछिल्लो समय थपिएका कोरोना सङ्क्रमित सूचीमा दुई प्रहरी परे जो दैनिक रूपमा काम गर्दै आएका थिए। समूहमा बस्नुपर्ने, क्वारेनटाइन, सडकदेखि सीमा नाकासम्म प्रहरीले नै ड्युटी गर्नु पर्ने भएपछि अहिले प्रहरी धेरै जोखिममा छन्।

झन् महानगरीय प्रहरी वृत्त कालीमाटीमा कार्यरत दुई प्रहरीमा सङ्क्रमण देखिएपछि प्रहरी सचेत भएको छ। मङ्गलवार माइतीघर मण्डलामा पनि यस्तै दृश्य देखियो।

रुकुम पश्चिम, चौरजहारी भएको घटनामा अनुसन्धान माग गर्दै प्रदर्शनमा उत्रिएकाहरूलाई व्यवस्थित तथा नियन्त्रण गर्न प्रहरी पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पीपीई) सहित देखिए। अंग्रपङ्तिमा रहेका प्रहरीले पीपीई लगाएका थिए। त्यसपछि दोस्रो घेरामा रहेका प्रहरी भने मास्क र पन्जा लगाएर तैनाथ देखिए।

अहिले सवारी चेकको लागि सडकमा खटिएका ट्राफिक प्रहरीलाई समेत प्रहरीले पीपीई उपलब्ध गराएको छ।



ट्रेन्डिङ पोस्ट

Ncell