PahiloPost

Aug 24, 2025 | ८ भदौ २०८२

आइसियुमा कोभिड-१९ संक्रमितको सेवामा गर्भवती चिकित्सक: जब उपचारमा खटिन्छिन् बच्चाले पनि लात हान्दैन



पहिलोपोस्ट

आइसियुमा कोभिड-१९ संक्रमितको सेवामा गर्भवती चिकित्सक: जब उपचारमा खटिन्छिन् बच्चाले पनि लात हान्दैन

कोरोना भाइरसका विरामीलाई भेन्टिलेटरमा राखेसँगै डाक्टर जाफिया अंक्लेसरियाले एउटा कुराको ख्याल गरिन् की उनको गर्भमा रहेको बच्चाले आपतकालिन उपचारमा संलग्न हुँदा खुट्टाले हानेका छैनन्।

त्यतिवेलासम्म उसको उपस्थितिलाई उनले महसुस पनि गरेकी हुँदिनन् की जतिवेलासम्म उनी आफ्नो अपिस पुग्छिन् र प्रोटेक्टिभ इक्युप्मेन्ट फुकाल्छिन्।

अंक्लेसरिया अहिले आफ्नो पहिलो सन्तानलाई सात महिना देखि गर्भमा बोकिरहेकी छन्। ३५ वर्षकी उनले लस एन्जल्सको कमन स्प्रिटस् डिग्निटी हेल्थ क्यालिफोर्निया हस्पिटल एन्ड मेडिकल सेन्टरको आइसियु वार्डको उपनिर्देशकको रुपमा काम गर्दै आएकी छन्। यहाँ अधिकांश निम्न आय भएका र अफ्रिकन अमेरिकन जनसंख्याहरु आउँछन्।

अस्पतालको २२ बेड कोभिड-१९ सघन उपचार कक्ष मार्चदेखि भरिएको छ। केही नर्सहरुले २४ सै घण्टा काम गरिरहेका छन्।

'हामीले सेवा गर्ने मानिसहरुको सामाजिक आर्थिक वर्ग भनेको यस्तो छ की जहाँ उनीहरुले राम्रो सामाजिक दुरी पनि कायम गर्न सक्दैनन्। र उनीहरु नै बढी संक्रमित भइरहेका हुन्छन्,' अंक्लेसरियाले भनिन्।

लस एन्जल्सको उच्च गरिबीको रेखामा रहेको यस क्षेत्रमा कोभिड-१९ बाट मृत्यु हुनेहरुको संख्या अन्य क्षेत्रको तुलनामा दोब्बर छ।

अंक्लेसरियाको १२ घण्टे कार्यवधी विहान सात बजेबाट सूरु हुन्छ। उनी सातामा चार दिन अस्पतालको आइसियुमा खटिन्छन्। उनको एक देखि दुई दिन विरामीहरुलाई फोक्सो सम्बन्धी सल्लाह दिँदै बित्छ।

रात्रीकालिन सेवाको अपडेट लिएसँगै उनको काम सुरु हुन्छ। उनले पीपीईले आफूलाई सुरक्षित गर्छिन अनी संक्रमित विरामी रहेका कक्षमा पस्छिन् निस्कन्छिन्। यति गर्दा नर्सहरुले उनको ख्याल गरिरहेका हुन्छन्। की उनले नियमित रुपमा पानी खाएकी छन् खाना खाइरहेकी छन्।

'मलाई लाग्दैन की मैले उनीहरुको सहयोग विना यो काम गर्न सक्छु,' उनले भनिन्। उनी यस मानेमा भाग्मानी पनि हुन की उनलाई गर्भावस्थामा पनि सहज महसुस भइरहेको छ र बच्चाले 'असल व्यवहार' गरिरहेको छ।

'तिमीले तिम्री आमालाई उनको काम राम्रोसँग गर्न दिइरहेका छौं,' उनले आफ्नो फुकेको पेट नियाल्दै भन्छिन्।

उनलाई चिन्ता पनि लाग्छ की कतै उनको बच्चाले उनको थकान र तनावलाई सुन्ने त होइन्।

'त्यसैले पनि मैले फुर्सद हुनासाथ उनलाई निर्धक्क बनाउन कोशिस गर्छु। मैले तल हेर्छू र भन्छु सबै ठिक छ। हामीले यस्तै पाएका छौं,' उनले भनिन्।

तर पनि त्यहाँ केही शारीरिक बन्देजहरु भने छन्- उनले महसुस गर्न थालेकी छन् की निरन्तर रुपमा लामो समय उभिइरहन सक्दिनन् र कहिलेकाँही घर फर्किँदा पिठ्युँ दुखिरहेको पाउँछिन्।

एउटा मेको बिहान उनले एउटा सुखद समाचार पाइन्- उनको अस्पतालको भेन्टिलेटर चार साता लामो भेन्टिलेटरमा राखेर उपचार भएपछि निको भएर निस्किँदै थिए।

'या.., तिमीले गर्‍यौं। तिमी आधिकारिक रुपमा स्वतन्त्र भयौं!' उनले भेन्टिलेटर ट्युव निकालेपछि ६५ वर्षका भिसेन्टे अर्रेडोन्डोलाई भनिन्।

थकित उनी जब घर फर्किइन् उनका वर्ष ३० का आर्यन जफारीले सहयोग गर्न चाहन्छन्। उनको कुकुर पनि पछि लाग्छ। तर, उनले आफैलाई आइसोलेट गर्ने प्रयास गर्छिन्। तर, उनले कुरा सुन्दैनन्।

उनका श्रीमान बच्चालाई उनी र बच्चाको बारेमा चिन्ता ब्यक्त गर्छन्। तर, 'भाग्यको कुरा उनले मैले काम गर्न चाहन्छु भन्ने बुझेका छन्,' डाक्टर अंक्लेसरियाले भनिन्,'यो जागिर नै हामीले रोजेको हो। अहिले हामीले नगरेर कसले गर्ने?'

जाफारी इन्जिनियर हुन्, तथ्यांकमा विश्वास गर्ने। त्यसैले उनले आफ्ना पतिलाई गर्भवती महिला र बच्चालाई कोरोना भाइरसको जोखिम धेरै नभएको भन्ने अनुसन्धान पेपरहरु पढ्न दिन्छिन्। उनले परिवारसँग वाचा गरेकी छन् की यदी कुनै आपतकालको अवस्था आए आइसियुबाट पछाडि हट्ने छन्।

अंक्लेसरिया चिकित्सक बाहुल्य रहेको भारतीय परिवारबाट अमेरिका आएकी थिइन्। उनका अभिभावक अझै पनि कलकत्तामा बस्छन्। उनलाई चिन्ता छ- बाबु जन्मिँदा आमाबुवाहरु आउन पाउने छैनन्।

कोरोना भाइरसको महामारीका कारण उनलाई गर्भजाँचका लागि एक्लै जानुपर्छ। उनका पतिले उनलाई अल्ट्रासाउन्डका बेला फेसटाइमबाट जोडिन्छन्।

उनले लिखितमा रुपमा प्रसूति चिकित्सकलाई सोध्नका लागि भन्दै प्रश्नहरुको लिस्ट दिइरहेका हुन्छन्- के उनले यो गर्न सक्छिन्, के उनले त्यो गर्न सक्छिन्?

उत्तर सँधै हुन्छ- सक्छिन्।

रोयटर्समा प्रकाशित सामाग्रीको भावानुवाद



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell