PahiloPost

May 16, 2025 | ३ जेठ २०८२

'के छ हालखबर?' मा नवराज विक हत्याबारे छलफल हुँदै, यश कुमार र प्रकाश नेपाली वक्ता



पहिलोपोस्ट

'के छ हालखबर?' मा नवराज विक हत्याबारे छलफल हुँदै, यश कुमार र प्रकाश नेपाली वक्ता

रुकुमका १९ वर्षीय नवराज विक हत्याको विषयमा भर्चुअल अन्तरसंवाद हुने भएको छ। मानसिक स्वास्थ्‍यको क्षेत्रमा काम गर्दै आएको 'हेल्थी नेपाल'को सक्रियतामा सञ्चालित 'के छ हालखबर?' नाम दिइएको कार्यक्रममा उक्‍त विषयमाथि छलफल हुन लागेको हो।

विषयमाथि गायक यश कुमार र कानुन व्यवसायी प्रकाश नेपालीले कुराकानी गर्नेछन्। कार्यक्रम मानसिक स्वास्थ्य विज्ञ जगन्नाथ लामिछानेले सञ्चालन गर्नेछन्। लामिछानेले घटनाको सामाजिक एवं कानुनी पाटोबारे चर्चा हुने बताएका छन्।

लकडाउनको समयमा उनले मानसिक स्वास्थ्य एवं अन्य विषयमाथि अनौपचारिक कुराकानी गर्न उक्त कार्यक्रम सञ्चालनमा ल्याएका हुन्। भने,'अनौपचारिक कुराकानी हुँदा मानिसले आफ्ना विचारसँगै भावना अझै प्रष्ट रुपमा अभिव्यक्त गर्छन्। खुलेर बोल्छन्।'

कार्यक्रम सात बजे फेसबुक पेजमार्फत् प्रत्यक्ष प्रसारण हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell