PahiloPost

Jan 6, 2025 | २२ पुष २०८१

गौरिफन्टा नाका दुई घण्टा खोलेर ५ हजार नागरिकको गरियो उद्धार



एम बम

गौरिफन्टा नाका दुई घण्टा खोलेर ५ हजार नागरिकको गरियो उद्धार

कैलाली : कैलालीको गौरिफन्टा नाकाबाट मंगलवार एकै दिन ५ हजार १३ नागरिक नेपाल भित्रिएका छन्। भारतमा कोरोनाको जोखिम बढ्दै गएपछि नाकामा स्वदेश फर्किनेहरुको भिड दैनिक बढ्दै गएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले मंगलवार गौरिफन्टा नाका दुई घण्टाका लागि खोलेर ५ हजार १३ जनाको उद्धार गरिएको जानकारी दिए। उनीहरुलाई सीमा क्षेत्रबाटै सम्बन्धित पालिकामा पठाउन लागिएको समेत प्रहरी नायब उपरीक्षक बस्नेतले बताए। लकडाउनपछि उक्त नाकाबाट सबैभन्दा बढि नागरिक मंगलवार नै नेपाल भित्रिएका हुन्।

मंगलवार आएका ५ हजारसहित सुदूरपश्चिमको गौरिफन्टा नाकाबाट पछिल्लो ९ दिनमा मात्रै झण्डै २० हजार नागरिक नेपाल आएका छन्। उता कञ्चनपुरको गड्डाचौकी नाकाबाट पनि भारतमा रहेका नेपालीहरु आउने क्रम जारी छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार उक्त नाकाबाट मंगलवार ४ घण्टामा झण्डै सात सय नागरिक भित्रिएका छन्। सीमा नाकाबाट उद्धार जारी भएपनि दुवै नाकामा स्वास्थ्य जाँचको व्यवस्था भने गरिएको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell