PahiloPost

Jan 15, 2026 | २ माघ २०८२

तथ्यांकमा कोरोनाको पछिल्लो अवस्था



पहिलोपोस्ट

तथ्यांकमा कोरोनाको पछिल्लो अवस्था

काठमाडौं : हालसम्म नेपालमा ७७२ जना संक्रमित भएका छन्। संक्रमितमध्ये चार जनाको मृत्यु भइसकेको छ। 

त्यस्तै सातै प्रदेशका ४६ जिल्लामा संक्रमण पुगिसकेको छ। 

नेपालभर ५५ हजार २ सय ८२ जना क्वारेण्टाइनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा उल्लेख छ। सबैभन्दा धेरै प्रदेश ५ मा २३ हजार ५ सय ७९ जना क्वारेण्टाइनमा छन्।

सबैभन्दा कम बागमती प्रदेशमा ९ सय ६४ जना क्वारेण्टाइनमा छन्। 

पीसीआर परीक्षणको संख्या ५४ हजार ६ सय ९७ पुगेको छ। २४ घण्टामा मात्रै ३ हजार ७ सय ८२ जनाको पीसीआर मार्फत कोरोनाको परीक्षण गरिएको मन्त्रालयले जनाएको छ।

हालसम्म आरडीटी ९७ हजार ९ सय ६७ को आरडीटीबाट परीक्षण गरिएको छ। निको भएर घर फर्किनेको संख्या १ सय ५५ पुगेको छ।

 

Made with Visme Infographic Maker



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell