जर्मन बुन्डेसलिगा अन्तर्गत गएराति भएको खेलमा लिग लिडर बायर्न म्युनिखले दोस्रो स्थानको बोरुसिया डर्टमन्डमाथि १-० को संघर्षपूर्ण जित निकालेको छ। घरेलु टोलीलाई हराएसँगै बायर्नले ७ अंकको अग्रता बनाउँदै सहज अवस्थामा पुगेको छ।
सिंगल इडुना पार्क स्टेडियममा भएको खेलमा बायर्नको जितमा जोसुवा किममिचले निर्णायक गरे। उनले ४३ औं मिनेटमा गरेको गोल नै बायर्नको जितमा निर्णायक बन्यो।
जितसँगै अंकतालिकामा शीर्ष स्थानमा रहेको बायर्नको ६४ अंक छ। यो दोस्रो स्थानमा रहेको डर्टमन्डको भन्दा ७ अंक बढि हो। दोस्रो स्थानमा रहेको डर्टमन्डको ५७ अंक छ भने तेस्रो स्थानमा रहेको लाइपजिगको ५४ अंक र चौथो स्थानमा रहेको लेवर कुसनको ५३ अंक छ।
