PahiloPost

May 19, 2026 | ५ जेठ २०८३

मोदी सरकारले नेपालसँगको सीमा विवादबारे पारदर्शी भएर प्रष्ट बनाउन पर्छ : राहुल गान्धी



पहिलोपोस्ट

मोदी सरकारले नेपालसँगको सीमा विवादबारे पारदर्शी भएर प्रष्ट बनाउन पर्छ : राहुल गान्धी
Photo: nationalheraldindia.com

भारतीय राष्ट्रिय काँग्रेसका नेता राहुल गान्धीले नेपाल भारतबीच उत्पन्न सीमा विवादका बारेमा नरेन्द्र मोदी सरकारले जानकारी नदिएको बताएका छन्।

भिडियो कन्फ्रेन्स मार्फत भएको पत्रकार सम्मेलनमा उनले हाल लद्दाकमा चिनियाँ र भारतीय सेनाबीच भएको झडप र नेपालले लिम्पियधुरा सहितको नक्साका बारेमा केन्द्र सरकारले जानकारी नदिएको बताएका हुन्

केन्द्र सरकारले दुवै देशबीच भइरहेको विवादबारे आधिकारिक जानकारी नदिएसम्म यस विषयमा प्रतिक्रिया दिन नसकिने समेत जनाए।

उनले भने, ‘हामी यस विषयमा केही पारदर्शिता चाहन्छौं। तथ्यहरुको जानकारी बिना हामीले यस विषयमा धारणा बनाउन सक्दैनौं। केन्द्र सरकारले भारतीय जनतालाई सीमामा देखिएका विवाद बारेमा प्रस्ट गर्नुपर्छ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell