PahiloPost

Jul 28, 2026 | १२ साउन २०८३

हुरीले रुख ढाल्दा ६ वर्षे बालकसहित दुई जनाको मृत्यु



रासस

हुरीले रुख ढाल्दा ६ वर्षे बालकसहित दुई जनाको मृत्यु

हेटौडा : हावाहुरीका कारण मकवानपुरमा एक बालकसहित दुई जनाको मृत्यु भएको छ। मंगलवार साँझा एक्कासी आएको हावाहुरीले रुख ढल्दा राक्सीराङ–५ चैनपुरका ३५ वर्षीया वीरमाया प्रजा र राक्सीराङ–३ का छ वर्षीय बालक आयुष मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

साथै घाइते तीन जनालाई उपचारका लागि चितवन लगिएको छ। त्यसैगरी हावाहुरीले हेटौँडालगायत मकवानपुर जिल्लाको विभिन्न स्थानमा कर्कटपाताले निर्माण गरिएका घरका छानासमेत उडाएको छ। हावाहुरीले लाखौँ मूल्य बराबरको फलफूल, तरकारी नष्ट गरेको छ। खेतमा लगाइएको भिण्डी, घिरौला, बोडी, लौका, सिमी, काउलीका साथै मकैबाली र आँपमा समेत क्षति पुर्‍याएको जिल्ला कृषि ज्ञान केन्द्र मकवानपुरले जनाएको छ।

त्यसैगरी हावाहुरीले हेटौँडास्थित फरेष्टी कलेजमा एक दर्जन सालको रुख ढालेको र विद्युत् पोलसमेत ढलेका सो कलेजले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell