कोरोना भाइरसका कारण विश्वभर मृत्यु हुनेको संख्या ३ लाख ५० हजार नाघेको छ। जोन्स हप्किन्स विश्वविद्यालयको तथ्याङ्कअनुसार सबैभन्दा धेरै मृत्यु अमेरिकामा भएको छ।
आज बिहानसम्म ३ लाख ५० हजार ४ सय २३ जनाको कोरोनाका कारण मृत्यु भएको हो। अमेरिकामा कोरोनाका कारण ९८ हजार ९ सय २ जनाको मृत्यु भइसकेको छ। बेलायतमा कोरोनाका कारण ३७ हजार १ सय ३० जनाको ज्यान गएको छ भने इटालीमा ३२ हजार ९ सय ५५ जनाको मृत्यु भएको छ।
विश्वभर कोरोनाबाट संक्रमित हुनेको संख्या ५५ लाख ८८ हजार २ सय ९९ पुगिसकेको छ। सबैभन्दा धेरै संक्रमित अमेरिकामा रहेका छन्। त्यहा १६ लाख ८० हजार ६ सय २५ जनामा संक्रमण देखिएको छ। संक्रमितको संख्याका आधारमा दोस्रो स्थानमा ब्राजिल छ। त्यहाँ ३ लाख ९१ हजार २ सय २२ जना संक्रमित छन्। रसियामा संक्रमितको संख्या ३ लाख ६२ हजार ३ सय ४२ पुगेको छ।
