PahiloPost

Jun 26, 2026 | १२ असार २०८३

क्वारेन्टाइन व्यवस्थापनामा खटिएका वडा अध्यक्षकै मृत्यु, पोस्ट मार्टम र कोरोना परीक्षण हुँदै



पहिलोपोस्ट

क्वारेन्टाइन व्यवस्थापनामा खटिएका वडा अध्यक्षकै मृत्यु, पोस्ट मार्टम र कोरोना परीक्षण हुँदै

धनगढी : कञ्चनपुरमा  एक वडा अध्यक्षको मृत्यु भएको छ। क्वारेन्टाइन व्यवस्थापनमा जुटेका कृष्णपुर नगरपालिका वडा नम्वर ७ का वडा अध्यक्ष कल्लु रानाको मंगलबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ।

सोही वडामा रहेको राष्ट्रिय माविको क्वारेन्टाइन व्यवस्थापनमा जुटेका उनी एक्कासी बेहोस भएका थिए। ५८ वर्षीय रानालाई सेती प्रादेशिक अस्पतालमा उपचारका लागी ल्याउने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक रविन्द्र पौडेले बताए।

अहिले उनको शव सेती प्रादेशिक अस्पतालमै राखिएको छ। अस्पतालले शवको पोस्ट मार्टम गरेर कोरोना परीक्षणको प्रक्रिया समेत अघि बढाउने जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell