PahiloPost

Jan 15, 2026 | २ माघ २०८२

भारतमा एकै दिन १ सय ७२ जनाको कोरोनाले लियो ज्यान



पहिलोपोस्ट

भारतमा एकै दिन १ सय ७२ जनाको कोरोनाले लियो ज्यान

नयाँ दिल्ली : भारतमा एकै दिन १ सय ७२ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन्। यससँगै भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४ हजार ३ सय ४५ पुगेको छ।

संक्रमितको संख्या पनि भारतमा तीब्र गतिमा बढिरहेको छ। १ लाख ४७ हजार ७ सय ५८ जनामा संक्रमण पुष्टि भइसकेको छ भारतमा। आजै यसले १ लाख ५० हजारभन्दा माथिको रेकर्ड बनाउने निश्चित छ। मंगलवारमात्रै भारतमा ५ हजार ५ सय २ नयाँ संक्रमितहरु थपिएका छन्। भारतमा संक्रमण मुक्त हुनेको संख्या पनि धेरै नै छ। त्यहाँ ६४ हजार २ सय ३९ जना कोरोनामुक्त भएका छन्।

भारतको मुम्बई कोरोना भाइरसबाट सबैभन्दा खराब अवस्थामा रहेका संसारका प्रमुख शहरमध्ये एक बन्न पुगेको छ। मस्को, साव पाउलो र न्युयोर्कसँगै संक्रमितका कारण खराब अवस्थामा रहेको शहरमा मुम्बई पनि जोडिएको हो।

नेपालसँग जोडिएको भारतीय राज्य बिहारमा २ सय ३१ जना नयाँ संक्रमित थपिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell