धनगढी : कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा राखिएका एक जनाको मृत्यु भएको छ।
कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर ७ का ५५ वर्षीय पुरुषको आइसोलेसनमै मृत्यु भएको प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए।
उनी हिजोमात्रै भारतबाट फर्किएपछि आईसोलेसन भर्ना भएका थिए। श्रेष्ठका अनुसार उनको आज बिहान ६ बजे मृत्यु भएको हो। उनको कोरोना परीक्षणका लागि स्वाब संकलन भइरहेको समेत सूचना अधिकारी श्रेष्ठले बताए।
उनी भारतको महाराष्ट्रबाट आएको खुलेको छ।