PahiloPost

May 14, 2026 | ३१ बैशाख २०८३

गुजरातबाट ५ दिन लगाएर नेपाल छिरेका युवकको सुर्खेतमा मृत्यु



पी बी खड्का

गुजरातबाट ५ दिन लगाएर नेपाल छिरेका युवकको सुर्खेतमा मृत्यु

सुर्खेत : भारतको गुजरातबाट हिजो बेलुका सुर्खेत आइपुगेका एक जनाको मृत्यु भएको छ।

यात्राकै क्रममा रहेका सुर्खेतको चिंगाड गाउँपालिका–५ अवलचिङका युवा प्रदेश सीमा नाका बबईबाट आएका थिए। उपचारका लागि प्रदेश अस्पताल पुगेका उनको त्यहीँ मृत्यु भएको हो।

बाटोमा बिरामी भएपछि उनलाई अस्पताल लगिएको थियो। उनको थ्रोट स्वाब परीक्षणका लागि प्रदेश अस्पताल पठाइएको सामाजिक मन्त्रालय, स्वास्थ्य माहाशाखा प्रमुख डा लक्ष्मीनारायण तिवारीले जानकारी दिए।

प्रवक्ता तिवारीका अनुसार परिक्षणको नतिजा आज बेलुकासम्म आइपुग्ने छ। भारतको गुजरातबाट उनी पाँच दिन अघि हिँडेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell