भारतमा कोरोना भाइरस संक्रमणका कारण पछिल्लो २४ घण्टामा १७० जनाको मृत्यु भएको छ।
त्यहाँको केन्द्रिय स्वास्थ्य मन्त्रालयले जारी गरेको तथ्याङ्क अनुसार संक्रमणको ६ हजार ३ सय ८७ केस पुष्टि भएका छन्।
यससँगै भारतमा कोरोना संक्रमितको संख्या १ लाख ५१ हजार ७ सय ६७ पुगेको छ। जसमध्य ८३ हजार मानिसमा अझै संक्रमण छ। ६४ हजार मानिस संक्रमण मुक्त भएका छन् भने ४ हजार ३ सय ३७ संक्रमितले ज्यान गुमाएका छन्।
दूनियाँभरमा हालसम्म ५५ लाख ८८ हजार मानिसमा संक्रमण देखिएको जोन होप्किन्स विश्वविद्यालयले जनाएको छ। त्यस्तै संक्रमणकै कारण ज्यान गुमाउनेको संख्या ३ लाख ५० हजार भन्दा बढी रहेको छ।
अमेरिका भाइरस संक्रमणबाट सर्वाधिक प्रभावित छ। त्यहाँ १६ हजार मानिसमा संक्रमण देखिएको छ भने करिव ९९ हजार मानिसले संक्रमणकै कारण ज्यान गुमाएका छन्।
