PahiloPost

Sep 18, 2026 | २ असोज २०८३

रानीपोखरीमा पानी अड्याउने तयारी, यसरी हुँदैछ मन्दिर पुनर्निर्माणको काम

रानीपोखरीमा पानी अड्याउने तयारी, यसरी हुँदैछ मन्दिर पुनर्निर्माणको काम

अमित मचामसी/पहिलोपोस्ट


काठमाडौं : २०७२ सालको भूकम्पमा क्षति पुगेको रानीपोखरीको काम लकडाउनबीच पनि भइरहेको छ। सिमित जनशक्तिका साथ भइरहेको पुनर्निर्माणको कामले पहिलाभन्दा राम्रो गति लिइरहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ।

हाल रानीपोखरीमा पानी अड्याउन कालोमाटो बिछ्याउने र त्यसमाथि माअप्पा राख्ने काम अन्तिम चरणमा पुगेको छ।

यस्तै, पोखरीको मध्य भागमा रहेको बालगोपालेश्वर मन्दिरको काम पनि भइरहेको छ। रानी पोखरीको मध्य भागमा रहेको बालगोपालेश्वर मन्दिर अहिलेको पुस्ताले देखेको भन्दा फरक शैलीको हुनेछ।  रानीपोखरीमा रहेको मन्दिर ग्रन्थकुट शैलीमा निर्माण हुँदछ।

२०७२ सालमा भूकम्प जाँदा मन्दिर गुम्बज शैलीको थियो। तर त्यो राणाकालमा रानीपोखरीको परिवर्तित स्वरुप थियो।

पर्सियाका राजकुमार वाल्डेमरले नेपाल भ्रमण गर्दा बनाइएको रानीपोखरीको चित्रले फेला परेपछि  रानीपोखरी राणाकालिन शैलीमा नभएर चित्रमा देखिएको झै ग्रन्थकुट (शिखर) शैलीमा नै बनाउन लागिएको हो। 



ट्रेन्डिङ पोस्ट

Ncell