PahiloPost

Aug 22, 2026 | ६ भदौ २०८३

कोरोना संक्रमित बढेपछि सिंगापुरमा मेसिनमार्फत् नि:शूल्क वितरण गरिँदै मास्क



पहिलोपोस्ट

कोरोना संक्रमित बढेपछि सिंगापुरमा मेसिनमार्फत् नि:शूल्क वितरण गरिँदै मास्क

सिंगापुर सरकारले त्यहाँका नागरिकलाई नि:शूल्क मास्क वितरण गर्न थालेको छ। मास्क बाढ्नका लागि करिव ४ सय भेन्डिङ मेसिन राखिएका छन्।

सिंगापुरमा यसअघि पनि दुई पटक नि:शूल्क डिस्पोजल मास्कहरु उपलब्ध गराइएको थियो। तर, विभिन्न ठाउँमा मेसिन राखेरै मास्क वितरण गरिएको यो पहिलो प्रयास भएको बीबीसीमा जनाइएको छ।

सुरुवातदेखि नै सिंगापुरले कोरोना भाइरस रोकथामका लागि सावधानी र सुरक्षाका उपायहरु अपनाएको थियो। तुलनात्मक रुपमा संक्रमणकै कारण मर्नेको संख्यामा कमी आएको थियो।

यो साता फेरि त्यहाँ संक्रमित थपिए। त्यहाँ हालसम्म ३२ हजार मानिसमा संक्रमण पुष्टि भएको छ। उक्त संख्या दक्षिण- पूर्वी एसियामा सर्वाधिक हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell