PahiloPost

Aug 24, 2025 | ८ भदौ २०८२

रुकुम चौरजहारी घटना प्रकरण : भेरी नदीमा बेपत्ता तीन जनाको खोजी गर्न सशस्त्रको गोताखोर टोली परिचालन



पहिलोपोस्ट

रुकुम चौरजहारी घटना प्रकरण : भेरी नदीमा बेपत्ता तीन जनाको खोजी गर्न सशस्त्रको गोताखोर टोली परिचालन

काठमाडौं : शनिवार पश्चिम रुकुमको चौरजहारी नगरपालिका–८ भेरी नदीमा वेपत्ता भएकाहरु खोजी गर्ने सशस्त्र प्रहरीको गोताखोर सहितको टोली परिचालन गरिएको छ।

सशस्त्र प्रहरी बल जाजरकोट स्थित आश्रित गुल्मबाट डिएसपीको कमाण्डमा चार जना गोताखोर सहितको ११ जना सशस्त्र प्रहरी र सशस्त्र प्रहरी बल नम्बर ४७ गुल्म पश्चिम रुकुमबाट नायब निरीक्षकको कमाण्डमा चार जना बिपद ब्यबस्थापन तालिम प्राप्त सशस्त्र प्रहरी पठाइएको हो।

भेरी नगरपालिका वडा नं ११ का लोकेन्द्र सुनार, गोविन्द शाही, वडा नं ४ का सन्दीप विक अझै बेपत्ता छन्। भेरी नगरपालिका–४ का नवराज विक र गणेश बुढा, चौरजहारीका नगरपालिका–८ का टीकाराम सुनारको शव यसअघि नै फेला परिसकेको छ।

जेठ १० गते रुकुम पश्चिम चौरजाहारी वडा नम्बर-८ का मल्ल थरकी युवतीसँग प्रेम विवाह गर्न गएका जाजरकोट भेरी नगरपालिका वडा नम्बर ४ का २१ का नवराज विक १९ जनाको समूह लिएर चौरजाहारी पुगेका थिए। त्यस बेला केटी लाने पक्ष र केटी पक्षबीच झडप भएको थियो।

भाग्ने क्रममा नदीमा हाम फालेका नवराज विकको शव भेरी नदीको बीच भागमा फेला परेको छ। उनीसँगै गएका टीकाराम सुनार र गणेश बुढाको शव फेला परेको गृहमन्त्री रामबहादुर थापाले मंगलवार संसदमा जानकारी दिएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell