PahiloPost

Aug 22, 2026 | ६ भदौ २०८३

बाग्लुङमा क्वारेन्टाइनमा रहेका ६ जनामा कोरोना संक्रमण



पहिलोपोस्ट

बाग्लुङमा क्वारेन्टाइनमा रहेका ६ जनामा कोरोना संक्रमण

काठमाडौं : बाग्लुङमा थप ६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले बाग्लुङका दुई गाउँपालिकाका ६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि गरेको हो।

बाग्लुङ जिल्लाको बढीगाड गाउँपालिकाको क्वारेन्टाइनमा रहेक १९ र २० वर्षीय दुई जना पुरुषमा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ।

त्यस्तै, तमनखोला गाउँपालिकाका २१, २७, २७ र २१ वर्षका चार जना पुरुषमा समेत कोरोना भाइरसको संक्रमण देखिएको हो।

संक्रमण पुष्टि भएका सबैलाई बाग्लुङमा रहेको जिल्ला अस्पताल ल्याउने तयारी भइरहेको गण्डकी स्वास्थ्य निर्देशनालयका निर्देशक बिनोद विन्दु शर्माले जानकारी दिए। यसअघि बाग्लुङमा दुई जनामा संक्रमण पुष्टि भएको थियो।

उनीहरु दुवै जना डिस्चार्ज भइसकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell