PahiloPost

Aug 24, 2025 | ८ भदौ २०८२

गौरादह नगरपालिका र कचनकवल गाउँपालिकामा गरेर झापामा थप १७ जनामा कोरोना संक्रमण



पहिलोपोस्ट

गौरादह नगरपालिका र कचनकवल गाउँपालिकामा गरेर झापामा थप १७ जनामा कोरोना संक्रमण

काठमाडौं : झापामा थप १७ जनामा कोरोना संक्रमण देखिएको छ। 

कोशी अस्पताल विराटनगरको प्रयोगशालमा गरिएको परीक्षणमा बुधवार थप १७ जनामा कोरोना पोजेटीभ देखिएको हो।

 झापाको कचनकवल गाउँपालिका १५ र गौरादह नगरपालिकामा २ जनामा संक्रमण देखिएको हो। गौरादह नगरपालिका वडा नम्वर ७ स्थित स्वास्थ्य चौकीमा भारतबाट आएका १७ जनालाई क्वारेन्टाइनमा राखिएको थियो। उनीहरु मध्येका दुई जनालाई संक्रमण देखिएको गौरादह नगरपालिकाका उपप्रमुख गीता भेट्वालले जानकारी दिइन्।

'भारतबाट आएकाहरुलाई क्वारेन्टाइनमा राखेर स्वाव परीक्षणको लागि पठाइएको थियो।' उपप्रमुख भेट्वालले भनिन।

त्यस्तै कचनकवल गाउँपालिका यसअघि पनि ३३ जनामाकोरोना संक्रमण देखिएको थियो। संक्रमितहरु लकडाउनको समयमा भारतबाट आएका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell