PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

स्थानीयको विरोधपछि यशोधराका २४ कोरोना संक्रमितलाई आइसोलेशन वार्डमा राखिएन, परीक्षण गर्न पीसीआर किटको अभाव



प्रकाश भण्डारी

स्थानीयको विरोधपछि यशोधराका २४ कोरोना संक्रमितलाई आइसोलेशन वार्डमा राखिएन, परीक्षण गर्न पीसीआर किटको अभाव

काठमाडौं : कपिलवस्तुको यशोधरा गाउँपालिकाका २४ जना कोरोना भाइरस संक्रमितका लागि आइसोलेशन बेडको अभाव भएको छ।

आइसोलेशनको अभाव भएपछि गाँउपालीकाले क्वारेण्टाइनमा संक्रमितलाई छुट्टै राखेको छ। मंगलबार नै कपिलवस्तु नगरपालिका वडा नम्बर ११ को स्वास्थ्य चौकीमा ५० बेडको आइसोलेशन केन्द्रमा संक्रमितहरुलाई राख्ने निर्णय भएको थियो। तर, स्थानीयले विरोध गरेपछि संक्रमितहरुलाई राख्ने स्थानको बारेमा अन्यौल भएको गाउँपालिकाका स्वास्थ्य संयोजक ज्योतीप्रकाश दुवेले बताए।

'२४ जना संक्रमितलाई कपिलवस्तुको आइसोलेशनमा राख्ने निर्णय भइसकेको थियो। तर स्थानीयले विरोध गरेपछि हामीले राख्न सकेनौं,' उनले भने।

संक्रमितलाई आफ्नो गाउँको आइसोलेशनमा राख्दा कोरोना फैलिने भन्दै स्थानीयले विरोध गरेका हुन्। स्थानीयको विरोध पछि गाउँपालिकालाई संक्रमितलाई व्यवस्थापन गर्नु चुनौती भएको उनको भनाई छ। अहिले जिल्ला प्रशासन कार्यालयको अगुवाइमा आइसोलेशनको खोजी भइरहेको छ।

३६ जना संक्रमित भएको यशोधरामा ९ जना बुटवलको कोरोना विशेष अस्पतालमा उपचार गराइरेका छन्। ३ जना निको भएर घर फर्किसकेका छन्।

रुपन्देहीमा हालसम्म सबैभन्दा धेरै संक्रमित यशोधरामै छन्। संक्रमितको कन्ट्याक्ट ट्रेसिङका लागि पीसीआर किटको अभाव भएको गाउँपालिकाले बताएको छ। जिल्ला स्वास्थ्य कार्यालयलाई पीसीआर किट पठाइदिन अनुरोध गरेपनि आफूहरुसँग किट नै नभएकाले अब देखि नमाग्न सचेत गराएको दुवेले बताए।

'हामीले जिल्ला स्वास्थ्य कार्यालयमा किट माग गर्‍यौं। तर, उनीहरुले सकिसक्यो अबदेखि हामीसँग नमाग्नु होला भन्नुभयो,'उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell