PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

अक्षय कुमारको निरन्तर सहयोग : टिभी कलाकारका लागि दिए ४५ लाख



पहिलोपोस्ट

अक्षय कुमारको निरन्तर सहयोग : टिभी कलाकारका लागि दिए ४५ लाख

अभिनेता अक्षय कुमार लकडाउन अवधिभर सामाजिक सेवा एवं सावधानी संदेश प्रवाहमा व्यस्त छन्। विशेषगरी लकडाउनका कारण दैनिक उपभोग्य वस्तुको अभावमा रहेका वर्गलाई आवश्यक सहयोग पुर्‍याउँदै आएका छन्। जस अन्तर्गत् विहीवार थप ४५ लाख सहयोग गरेको बलिउड हंगामाले जनाएको छ।

उनले टिभी कलाकारहरुको सिने एण्ड टिभी आर्टिस संघ (सिन्टा)लाई उक्त रकम हस्तान्तरण गरेका हुन्। मार्चदेखि प्रभावित छायाँकन एवं अन्य कामका कारण ती कलाकार, प्राविधिक एवं अन्य टिभी मजदुरहरुको दैनिकीमा समेत असर गरेको छ। त्यसैले उनले संघमार्फत् सहयोग पुर्‍याएका हुन्।

अक्षयले लकडाउन घोषणासँगै प्रधानमन्त्री राहत कोषमा २५ करोड रुपैयाँ सहयोग गरेका थिए। त्यस्तै मुख्य मन्त्री राहत कोषमार्फत् पनि राहत वितरण गरे। मुम्बई प्रहरीलाई २ करोड, ब्रिहान मुम्बई सामुदायीक संगठनलाई ३ करोड बराबरको पीपीई सेट एवं अन्य सुरक्षा उपकरण उपलब्ध गराएका थिए। साथै मुम्बई प्रहरीलाई हजार थान स्मार्ट घडी समेत दिएका थिए।

उनी सामाजिक सञ्जालमार्फत् सावधानी सन्देश प्रवाहमा समेत सक्रिय छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell