PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

कांग्रेसका कारण संविधान संशोधन प्रक्रिया रोकिएपछि गगनले देउवालाई भने : भोलि नै निर्णय गराउनुस्



पहिलोपोस्ट

कांग्रेसका कारण संविधान संशोधन प्रक्रिया रोकिएपछि गगनले देउवालाई भने : भोलि नै निर्णय गराउनुस्

काठमाडौं: नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले संविधान संशोधन प्रक्रिया रोकिएकोमा असन्तुष्टि जनाएका छन्।

सरकारले आजको प्रतिनिधिसभा बैठकमा कानुनमन्त्री डा. शिवमाया तुम्बाहाम्फेबाट लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटिएको नयाँ नक्सालाई पारित गर्नेगरी ‘नेपालको संविधान दोस्रो संशोधन विधेयक २०७७’ पेश गर्ने तयारी गरेको थियो। संसद सचिवालयले पनि यसलाई समेटेर कार्यसूचीको ड्राफ्ट तयार गरिसकेको थियो।

संशोधन विधेयकलाई सर्वसम्मत पारित गराउन प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलवार बालुवाटारमा सर्वदलीय बैठक बोलाएका थिए। बैठकमा कांग्रेसले केन्द्रीय कार्यसमितिबाट औपचारिक निर्णय गर्ने भन्दै केही समय माग गर्‍यो। कांग्रेसले समय मागेपछि सरकार संशोधन विधेयक पेश गर्ने तयारीबाट पछि हट्यो। आजको कार्यसूचीबाट हटाउन सभामुखलाई आग्रह गर्‍यो।

यसरी कांग्रेसका कारणका कारण आजको संसद बैठकमा संशोधन विधेयक पेश नभएपछि नेता थापाले असन्तुष्टि जनाएका हुन्। उनले सभापति शेरबहादुर देउवालाई भोलि नै केन्द्रीय कार्यसमितिको बैठक बोलाएर निर्णय गराउन माग गरेका छन्।

'फास्ट ट्रयाक'बाट संविधान संशोधन पारित गर्नमा जोड दिँदै थापाले ट्वीटरमा भनेका छन्, ‘परिवर्तित नक्सालाई संविधानको अंग बनाउन प्रस्तुत संशोधनको पक्षमा उभिने पार्टी नेतृत्वको निष्कर्षको स्वामित्व लिने औपचारिकताका लागि मात्र केन्द्रीय समितिको बैठक चाहिएको हो। सभापतिज्यू भोलि नै बैठक बोलाई यो औपचारिकता पूरा गरौँ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell