PahiloPost

Jun 26, 2026 | १२ असार २०८३

नेपाल-भारत सीमा विवादमा पाकिस्तानी प्रधानमन्त्री भन्छन् : भारत छिमेकीका लागि खतरा



पहिलोपोस्ट

नेपाल-भारत सीमा विवादमा पाकिस्तानी प्रधानमन्त्री भन्छन् : भारत छिमेकीका लागि खतरा
Photo: AFP

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारत छिमेकीका लागि खतरा बन्दै गइरहेको बताएका छन्।

लिम्पियाधुरा, कालापानी र लिपुलेक सीमा विवादलाई लिएर नेपाल र भारतबीच तनाव उत्कर्षमा पुगेका बेला इमरानले ट्वीटरमार्फत नेपालको प्रसंग जोड्दै भारत छिमेकको हितमा नभएको उल्लेख गरेका छन्।

नागरिकता कानूनमार्फत बंगलादेशलाई चिढ्याएको, नेपाल र चीनसँग सीमा विवाद गरेको र पाकिस्तानलाई झुटो सैन्य अपरेशन गर्ने धम्की दिएर जिस्काउने काम गरिरेहको भारत छिमेकीका लागि खतरा रहेको प्रधानमन्त्री खानको टिप्पणी छ।

प्रधानमन्त्री खानले भारतको नरेन्द्र मोदी सरकारलाई जर्मन शासक हिटलरको नाजी पार्टीको विचारधारसँग तुलनासमेत गरेका छन्। ट्वीटरमा लेखेका छन्, ‘हिन्दुत्व र अतिवादी मोदी सरकारको अहंकारी र विस्तारवादी नीतिहरु नाजी विचारधारा समान छन्। भारत आफ्ना छिमेकीहरुका लागि खतरा बनिरहेको छ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell