PahiloPost

Aug 25, 2025 | ९ भदौ २०८२

संक्रमित जिल्लाको सूचीमा थपियो रुकुम पूर्व: तीन जनामा संक्रमण पुष्टि, प्रदेश ५ मा संक्रमित पुगे ३६५



पहिलोपोस्ट

संक्रमित जिल्लाको सूचीमा थपियो रुकुम पूर्व: तीन जनामा संक्रमण पुष्टि, प्रदेश ५ मा संक्रमित पुगे ३६५

काठमाडौं : नेपालमा बुधवार एकैपटक ११४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा संक्रमितको संख्या ८८६ पुगेको छ। आज संक्रमित जिल्लाको सूचिमा प्रदेश ५ को रुकुम पूर्व पनि थपिएको छ। 

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको परीक्षणमा रुकुम पूर्व उत्तरगंगा वडा नं. १४ का तीन जनामा संक्रमण पुष्टि भएको हो। जसमध्ये सिद्ध मण्डली मावि राङ्सीको क्वारेन्टाइनमा रहेका एक जना १८ वर्षका किशोर र १५ वर्षकी किशोरी रहेका छन्। यस क्वारेन्टाइनबाट सात जनाको स्वाब संकलन गरिएको थियो। 

त्यस्तै पुथा उत्तर गंगाबाट संकलन गरिएको दुई जनाको स्वाब मध्ये एक जनामा कोरोना भाइरसको पुष्टि भएको हो। उनी उत्तरगंगा १४ का २३ वर्षीय पुरुष हुन्। 

त्यस्तै आजै प्रदेश ५ को दाङमा १५ जनामा संक्रमण पुष्टि भएको छ। घोराही उपमहानगरपालिकाबाट संकलित ८० जनाको नमुना मध्ये सात जनामा संक्रमण पुष्टि भएको हो। जसमध्ये घोराही १८ का २४, २५, ४०,  र ४२ वर्षका पुरुष छन्। त्यस्तै घोराही १० का ३४, ४० र ४० वर्षका पुरुषमा पनि संक्रमण पुष्टि भएको हो। 

त्यस्तै लमही क्वारेन्टाइनबाट संकलित ४७ जनाको नमुना परीक्षण गर्दा ८ जनामा संक्रमण पुष्टि भएको छ। जसमध्ये लमही १ का २६ वर्षका पुरुष, २ का १७ र ३० वर्षका दुई जना पुरुष, ४ का २६ वर्षका पुरुष छन्। त्यस्तै लमही ५ का २० र २३ वर्षका दुई जना पुरुष र एक जना २० वर्षकी महिलामा संक्रमण पुष्टि भएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ। त्यस्तै लमही  ६ का १८ वर्षका पुरुषमा पनि संक्रमण पुष्टि भएको छ। 

आजै भेरीमा भएको परीक्षणमा बाँके जिल्लाका १६ जनामा पनि संक्रमण पुष्टि भएको छ। योसँगै प्रदेश ५ का ९ जिल्लामा संक्रमितहरुको संख्या ३६५ पुगेको छ। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell