PahiloPost

Apr 8, 2026 | २५ चैत्र २०८२

मोदी सरकारका मन्त्री भन्छन् : भारतीय भूमिमा नेपालले आँखा लगाउन सक्दैन



पहिलोपोस्ट

मोदी सरकारका मन्त्री भन्छन् : भारतीय भूमिमा नेपालले आँखा लगाउन सक्दैन
PHOTO : PTI

काठमाडौं: भारतका कानुन तथा न्याय मन्त्री रविशंकर प्रसादले भारतीय भूमिमा कसैले पनि आँखा गाड्ने हिम्मत गर्न नसक्ने बताएका छन्।

बुधवारको पत्रकार सम्मेलनमा सोधिएको नेपालले भारतीय भूमिमा आँखा लगाइरहेको भन्ने प्रश्नमा नरेन्द्र मोदी नेतृत्वको केन्द्रीय सरकारका मन्त्री प्रसादले भारतीय भूमिमा आँखा लगाउने कसैको हिम्मत नभएको बताएका हुन्।

प्रश्नकर्ताले भारतमा लकडाउन हुँदा नेपालले भारततर्फ आँखा गाडेको र चीन सीमामै आएर बसेको कुरा भारतीय कांग्रेसका पूर्वअध्यक्ष राहुल गान्धीसँग जोडेर सोधेका थिए।

उनले भारतले आफ्नो भनेर दावी तथा कब्जा गरेको नेपाली भूमि लिम्पियाधुरा, कालापानी र लिपुलेकलाई नेपालले आफ्नो नक्सामा राखेको र सडक निर्माण रोक्न कुटनीतिक नोट पठाएको, वार्ताका लागि दबाब दिएको प्रसंगमा ‘लकडाउनका बेला नेपालले हामीमाथि आँखा लगाउँदैछ’ भन्ने प्रश्न गरेका थिए। साथै ‘चीन हाम्रो सीमामै आएर बसेको छ, त्यहाँबाट हट्न मानिरहेको छैन’ भनेर पनि सोधेका थिए।

जवाफमा कानुनमन्त्री प्रसादले नरेन्द्र मोदीको भारतको भूमिमा कसैले आँखा लगाउन नसक्ने बताएका हुन्। उनले दोहोर्‍याएर भने, ‘नरेन्द्र मोदीजीको भारतलाई कसैले आँखा लगाउन सक्दैन।’

काश्मिर विवाद मिलाउँदा नोभेम्बर २ मा नेपाली भूमि लिम्पियाधुरा, कालापानी र लिपुलेकलाई आफ्नो नक्सामा समावेश गरेको भारतले मानसरोवर सडकको उद्घाटन समेत गरिसकेको छ। त्यसको काउन्टरमा नेपालले पनि नयाँ नक्सा जारी गरेको छ भने वार्ताका लागि भारतमाथि दबाब बढाइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell