PahiloPost

Nov 25, 2024 | १० मंसिर २०८१

बुधवार पर्साका ४ जना कोरोना संक्रमित डिस्चार्ज, वीरगंजमा अब ५ जना संक्रमित मात्रै बाँकी



राधेश्याम पटेल

बुधवार पर्साका ४ जना कोरोना संक्रमित डिस्चार्ज, वीरगंजमा अब ५ जना संक्रमित मात्रै बाँकी

वीरगंज : बुधवार पर्साका ४ जना कोरोना संक्रमितहरु डिस्चार्ज भएका छन्। बुधवार साँझ ७ बजे २ महिला र २ पुरुष कोरोना जितेर डिस्चार्ज भएका हुन्।

अब वीरगंज-गण्डक बहुअरीस्थित गण्डक अस्पतालमा ५ जना संक्रमित मात्रै बाँकी छन्। लगातार दुई पटकको पीसीआर रिपोर्ट नेगेटिभ आएपछि ४ जनालाई डिस्चार्ज  गरिएको अस्थायी कोभिड १९ अस्पताल गण्डक हस्पिटलका संयोजक डा उदय नारायण सिंहले जानकारी दिए।

उनका अनुसार मंगलवार राति पनि ६ महिला र १५ पुरुष गरी २१ जनालाई डिस्चार्ज गरिएको थियो भने गत सोमवार नारायणी अस्पतालबाट ४३ जना, आइतवार १८ जना, शनिवार ९ जना र गत वैशाख १४ गते २ जना गरी हाल सम्म ९७ जनालाई डिस्चार्ज गरिसकिएको छ।

उपचाररत ५ जना संक्रमित वीरगंजका हुन्। पर्साको वीरगंजमा उपचाररत १०२ संक्रमित मध्ये सर्लाहीका १, रौतहटका ३, बाराका ४, ४ भारतीय थिए भने ९० जना पर्साका थिए। पर्साका संक्रमितमध्ये वीरगंज महानगरपालिका, छिपहरमाई गाउँपालिका, धोबिनी गाउँपालिका, कालिकामाई गाउँपालिकालगायतका बासिन्दा हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell