PahiloPost

Apr 18, 2026 | ५ बैशाख २०८३

रुकुम घटनाका दोषीलाई कारबाही गर्न संवैधानिक कानुन व्यवसायी मञ्चको माग



रासस

रुकुम घटनाका दोषीलाई कारबाही गर्न संवैधानिक कानुन व्यवसायी मञ्चको माग

काठमाडौं : संवैधानिक कानुन व्यवसायी मञ्चले अन्तरजातीय प्रेम विवाहको विषयलाई लिएर गत जेठ १० गते रुकुम पश्चिम चौरजहारी नगरपालिकामा भएको घटनाका दोषीलाई कारबाही गर्न माग गरेको छ।

संवैधानिक कानुन व्यवसायी मञ्चका अध्यक्ष राजुप्रसाद चापागाईंले बुधवार जारी गरेको प्रेस विज्ञप्तिमा गृह मन्त्रालयले छानबिन समिति गठन गरेको परिप्रेक्ष्यमा उक्त जघन्य घटनाको निष्पक्ष र शीघ्र अनुसन्धान गरी हत्या, कुटपिट, जातीय भेदभावलगायत कसुरमा संलग्नलाई फौजदारी दण्डको भागिदार बनाउन माग गरिएको हो।

दोषीलाई सजायका साथै पीडितलाई पर्याप्त क्षतिपूर्ति दिलाई जातीयताको जरियाबाट उठेका कुनै पनि आपराधिक घटनाप्रति राज्यको शून्य सहनशीलतालाई व्यवहारिक रुपमा पुष्टि गर्न मञ्चले माग गरेको छ।

सो हिंसात्मक घटनामा २१ वर्षीय नवराज विकसहित तीनजनाको मृत्यु भएको, अरु तीन जनाको अवस्था अज्ञात रहेको र अन्य कैयौँ घाइते भएकोमा नेपालको संविधान एवं जातीय विभेदविरुद्धको महासन्धिले छुवाछूत तथा जातीय भेदभावलाई निषेध गरेको एवं जातीय भेदभाव तथा छुवाछूत ऐनअनुसार आपराधिक कार्य भएको जनाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell