PahiloPost

Jun 22, 2025 | ८ असार २०८२

कोरोनालाई जितेपछि भीम वली भन्छन् : हल्ला धेरै भए पनि निको हुने रोग रहेछ, नौ दिनमै म ठीक भएँ



रासस

कोरोनालाई जितेपछि भीम वली भन्छन् : हल्ला धेरै भए पनि निको हुने रोग रहेछ, नौ दिनमै म ठीक भएँ

लमही : काठमाडौंमा बहिनीज्वाइँको उपचारका क्रममा कोरोना संक्रमण भएका तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ४ का भीमबहादुर वली कोरोनालाई जितेर घर फर्किएका छन्।

काठमाडौंबाट तुलसीपुर उपमहानगरपालिकाको एम्बुलेन्सबाट बुधवार घर फर्किएका वलीलाई रक्षाचौरस्थित क्वारेन्टाइनमा नगर प्रमुख घनश्याम पाण्डेले फूलमालाले स्वागत गरे।

‘कोरोना जित्नुभएकामा तपाईँलाई धेरै धेरै बधाई,’ नगर प्रमुख पाण्डेले भने।

उनले कोरोनालाई उच्च मनोबल बनाए सजिलै जित्न सकिन्छ भन्ने सन्देश सबैलाई दिन पनि उहाँलाई आग्रह गर्नुभयो ।  

नगर प्रमुख पाण्डेले वलीलाई पोषण आहारका लागि अण्डा, स्वास्थ्य सामग्रीसमेत प्रदान गरेका थिए। लामो समय बहिनीज्वाइँको उपचारका लागि काठमाडौंस्थित शिक्षण अस्पताल महाराजगञ्जमा बसेका ४६ वर्षीय वलीमा त्यही बेला कोरोना संक्रमण देखिएको हो।

स्वाब लिएको दुई दिनमै केही काम छ भन्दै पाटन अस्पताल पुुर्‍याइएपछि स्वास्थ्यकर्मीले एकाएक कोरोना संक्रमण भएको जानकारी दिँदा निकै डर लागेको उनले आफ्नो अनुभव बताए।

गत जेठ ३ गते कोरोना संक्रमित भएको खबर पाएका वलीले जेठ १२ गतेसम्म तीन पटक जाँच गर्दा रिपोर्ट नेगेटिभ भन्ने खबर पाइएको बताए।

‘हल्ला धेरै भए पनि निको हुने रोग रहेछ, नौ दिनमै म ठीक भएँ,’ उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell