PahiloPost

Jul 18, 2025 | ३ साउन २०८२

कर्णाली प्रदेशमा भारतबाट आएका थप १५ जनामा कोरोना संक्रमण पुष्टि



पी बी खड्का

कर्णाली प्रदेशमा भारतबाट आएका थप १५ जनामा कोरोना संक्रमण पुष्टि

सुर्खेत : कर्णाली प्रदेशमा भारतबाट आएका थप १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

नयाँ संक्रमितमध्ये एक जना बझाङका हुन् भने अन्य सबै सुर्खेतका हुन्। जसमध्ये एक जना महिलाको पहिचान खुल्न नसकेको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखाका प्रवक्ता डा लक्ष्मी नारायण तिवारीले जानकारी दिए।

संक्रमित हुनेहरुमा सुर्खेतका पाँच जना महिला, आठ जना पुरुष रहेका छन् भने एक जना ५५ वर्षीय पुरुष बझाङका छन्। यस्तै, बोल्न नसक्ने महिला एक जना गरी १५ जनाको रिपोर्ट पोजेटिभ देखिएको हो। उनीहरु सबै सुर्खेतस्थित धुलियाविट र घण्टाघरमा रहेको क्वारेन्टाइनमा बसेका हुन्।

संक्रमित सबैको अवस्था सामान्य रहेको छ। यसअघि भारतबाट आएका एक युवाको मृत्यु भएपछि कोरोनाको आंशका गरिए पनि रिपोर्ट भने नेगेटिभ आएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell