PahiloPost

Jun 26, 2026 | १२ असार २०८३

बाँकेमा नयाँ सिडिओ आएलगत्तै फेरि निषेधित क्षेत्र घोषणा



पहिलोपोस्ट

बाँकेमा नयाँ सिडिओ आएलगत्तै फेरि निषेधित क्षेत्र घोषणा

काठमाडौं: बाँकेमा दोस्रो पटक निषेधित क्षेत्र घोषणा गरिएको छ।

१५४ जनामा संक्रमण देखिएको र संक्रमणबाट एक जनाको मृत्यु भएपछि भाइरसको संक्रमण थप फैलिन नदिन जिल्ला सुरक्षा समितिको बैठकले बुधवार राती १० बजेदेखि निषेधित क्षेत्र घोषणा गरेको हो।

बाँकेमा नयाँ प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुवांग हाजिर भएसँगै निषेक्षित क्षेत्र घोषणाको निर्णय भएको हो। यसअघि प्रमुख जिल्ला अधिकारी कुमार खड्का थिए। उनले पनि नेपालगञ्जलाई निषेधित क्षेत्र घोषणा गरेका थिए। उनलाई गृह मन्त्रालय तानिएको छ।

अत्यावश्यक काम तोकेर त्यस बाहेकका हिड्डुल समेत रोक्ने गरि बाँके जिल्लाभर नै निषेधित क्षेत्र घोषणा गरिएको प्रमुख जिल्ला अधिकारी कुरुवांगले जानकारी दिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell