
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र चीनबीचको सीमा विवादमा मध्यस्थता गर्ने प्रस्ताव गरेका छन्।
ट्रम्पले ट्वीटरमार्फत बुधवार भनेका छन्, ‘हामीले भारत र चीन दुबैलाई सूचित गरिसकेका छौं कि उनीहरुको सीमा विवादमा अमेरिका मध्यस्थता गर्न इच्छुक र सक्षम छ।’
We have informed both India and China that the United States is ready, willing and able to mediate or arbitrate their now raging border dispute. Thank you!
— Donald J. Trump (@realDonaldTrump) May 27, 2020
यद्यपि चीनले बुधवारै भारतसँगको सीमामा स्थिति पूर्ण रुपमा स्थिर र नियन्त्रणमा रहेको बताएको छ।
चीनको विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले प्रेस कन्फ्रेन्समा दुबै देशसँग वार्ता र परामर्शका माध्यमबाट विवाद सुल्झाउने उचित संयन्त्र र सञ्चार च्यानल रहेको भन्दै अमेरिकी प्रस्ताव ठाडै अस्वीकार गरेका छन्।
‘हामी आफ्नो क्षेत्रीय संप्रभुताको रक्षा र सीमा क्षेत्रमा शान्ति र स्थिरताका लागि प्रतिबद्ध छौं। अब चीन र भारत सीमामा स्थिति पूर्ण रुपमा स्थिर र नियन्त्रणमा छ। हामी पूर्ण रुपले सम्वाद र परामर्शका माध्यमबाट विवाद सुल्झाउन सक्षम छौं,’ प्रवक्ता झाओले भने।
पछिल्लो समय लद्दाखमा भारत र चीनबीच तनाव बढेको छ।