PahiloPost

Aug 25, 2025 | ९ भदौ २०८२

एक लाख पार भए अमेरिकामा मर्नेहरु



पहिलोपोस्ट

एक लाख पार भए अमेरिकामा मर्नेहरु

कोरोना भाइरसका कारण विश्वमै सबैभन्दा धेरै प्रभावित बनेको संयुक्त राज्य अमेरिकामा मर्नेहरुको संख्याले १ लाख पार गरेको छ। झन्डै १७ लाख मानिस अमेरिकमा कोभिड १९ बाट संक्रमित छन्।

आज बिहान ६:१५ मिनेटसम्मको जोन्स हप्किन्स युनिभर्सिटीको तथ्याङ्क नुसार अमेरिकामा १६ लाख ९९ हजार ७३ जना कोरोना संक्रमित छन्। त्यहाँ १ लाख ४ सय ११ जनाको मृत्यु भएको छ, यसैका कारण।

अमेरिकामा पनि सबैभन्दा धेरै प्रभावित न्युयोर्कमा रहेका छन्। त्यहाँ मात्रै २९ हजार ४ सय ८४ जनाले ज्यान गुमाएका छन्। संक्रमितमध्ये ६४ हजार ६ सय ३२ जना विसेक भएका छन् न्युयोर्कमा।

न्युजर्सीमा ज्यान गुमाउनेको संख्या ११ हजार ३ सय ३९ पुगेको छ। त्यहाँ पनि २५ हजार ५ सय ५० जना ठीक भएर फर्किएका छन्।

कोरोनाको सुरुवाती चरणमा राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा एक लाख मानिसको मृत्यु हुनसक्ने भन्दै रोक्न सबै उपाय अवलम्बन गरिने बताएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell