काठमाडौं : स्याङ्जामा तीन जनामा कोरोना संक्रमण देखिएको छ। वालिङका तीन जनामा संक्रमण पुष्टि भएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका निर्देशक डाक्टर विनोद विन्दु शर्माले जानकारी दिए।
यससँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या १५ पुगेको छ।
पछिल्लो पटक संक्रमण देखिएका तीन जना सबै क्वारेन्टाइनमा नै रहेका व्यक्ति हुन्। २६ र २२ वर्षका युवक तथा ३९ वर्षीय महिलामा संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय पोखराले जानकारी दिएको छ।
'उहाँहरु सबै जनालाई सदरमुकाम स्थित सरकारी अस्पतालमा ल्याउने तयारी भइरहको छ,' निर्देशनालयले आज बिहान जारी गरेको विज्ञप्तिमा उल्लेख छ।