PahiloPost

Aug 25, 2025 | ९ भदौ २०८२

युद्धको तयारीमा लाग्न सेनालाई चिनियाँ राष्ट्रपतिको निर्देशन



पहिलोपोस्ट

युद्धको तयारीमा लाग्न सेनालाई चिनियाँ राष्ट्रपतिको निर्देशन

चीनका राष्ट्रपति सी चिनफिङले युद्धको तयारीमा लाग्न सेनालाई निर्देशन दिएका छन्।

चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का महासचिव एवं सेना प्रमुख समेत रहेका राष्ट्रपति सीले राष्ट्रिय जनकंग्रेसको १३ औ सत्रमा पिपुल्स लिबरेशन आर्मी (पीएलए) र पिपुल्स आर्म्ड पुलिस फोर्सका प्रतिनिधिहरुसँग बैठक गर्दै अहिलेसम्मकै सबैभन्दा खराब स्थितिको कल्पना गर्दै युद्धको तयारी तीव्र रुपमा बढाउन निर्देशन दिएका हुन्।

भारत र चीनबीच सीमामा विवाद देखिएका बेला चिनियाँ राष्ट्रपतिको यो निर्देशन आएको हो।

चिनियाँ सरकारी समाचार संस्था सिन्हुवाका अनुसार राष्ट्रपति सीले सेनालाई सबैभन्दा खराब अवस्थाको कल्पना गर्न, त्यसको बारेमा सोच्न र युद्धका लागि आफ्नो तयारी र प्रशिक्षण बनाउन भनेका छन्।

त्यसैगरी कैयौ जटिल परिस्थितिसँग तत्कालै प्रभावशाली तरिकाले सामना गर्ने प्रयास गर्ने र पूर्ण दृढताका साथ राष्ट्रिय सम्प्रभुता, सुरक्षा र विकास सम्बन्धी हितको रक्षा गर्न पनि निर्देशन दिएका छन्।

राष्ट्रपति सीले कोरोना भाइरसविरुद्धको लडाईमा सेनाले गरेको योगदानको प्रशंसासमेत गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell