PahiloPost

Jan 15, 2026 | २ माघ २०८२

हरिद्वारबाट धनगढी हुँदै देवचुली पुगेका किशोरमा कोरोना



पहिलोपोस्ट

हरिद्वारबाट धनगढी हुँदै देवचुली पुगेका किशोरमा कोरोना

काठमाडौं : नवलपरासी वर्दघाट सूस्ता पूर्वको देवचुली नगरपालिकामा फेरि अर्का एक जनामा कोरोना संक्रमण देखिएको छ।

देवचुली वडा नम्बर १ का १९ वर्षीय पुरुषमा कोरोना पोजेटिभ भेटिएको हो। यही जेष्ठ १० गते भारतको हरिद्वारबाट धनगढी हुँदै उनी देवचुली आएका थिए। वडामा आएलगतै उनलाई क्वारेन्टाइनका लागि नजिक रहेको जनज्योति नमुना माविमा राखिएको थियो।

त्यही उनमा कोरोनासँग मिल्ने सामान्य लक्षण देखियो र स्वाब परीक्षणका लागि भरतपुर कोरोना उपचार अस्पतालमा पठाइएको। उनमा कोरोना पोजेटिभ देखिएको देवचुली नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष लक्ष्मणराज भण्डारीले जानकारी दिए।

उनलाई भरतपुरको कोरोना उपचार अस्पतालमा लगिएको छ। उनको स्वास्थ्य अवस्था भने सामान्य रहेको जनाइएको छ। यससँगै देवचुलीमा कोरोना संक्रमितको संख्या ३ पुगेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell