PahiloPost

Aug 25, 2025 | ९ भदौ २०८२

एसपीका सुरक्षा गार्डदेखि चालकसम्म कोरोना संक्रमित : भान्सेमा भने देखिएन



पहिलोपोस्ट

एसपीका सुरक्षा गार्डदेखि चालकसम्म कोरोना संक्रमित : भान्सेमा भने देखिएन

काठमाडौं : पछिल्लो समय कोरोना सङ्क्रमित थपिएकामध्ये सुरक्षाकर्मी समेत रहेका छन्। प्रहरी निरीक्षकदेखि जवानसम्म कोरोनाबाट संक्रमित भएका छन्। त्यस्तै, पछिल्लो समय जिल्ला प्रहरी कार्यालय सिराहाका प्रहरी प्रमुख एसपी उमाशङ्कर चतुर्वेदीका सुरक्षा गार्ड र चालकलाई समेत कोरोना सङ्क्रमण देखिएको छ।

लकडाउनको समयमा व्यवस्थापन, सुरक्षा र विभिन्न ड्युटीमा खटिएका उनीहरूलाई कहाँबाट कोरोना सर्‍यो भन्ने खुलेको छैन। त्यस्तै, कार्यालयमा भान्छेका रूपमा काम गर्नेलाई भने कोरोना नेगेटिभ देखिएको हो।

'लकडाउन अवधिभर ड्युटीमा नै खटियो। मास्क, पन्जा लगाएर काम गरेकै हौँ। खै कसरी सर्‍यो उनीहरूलाई?' एसपी चतुर्वेदीले भने।

आफ्ना सुरक्षा गार्ड र चालकमा कोरोना सङ्क्रमण देखिएपछि एसपीले पनि थ्रोट स्वाब परीक्षण गराएका छन्। तर, उनको रिपोर्ट भने आइसकेको छैन। त्यसैले अहिले उनी छुट्टै कोठामा बसेर काम गर्दै आएका छन्। एसपीकै सुरक्षा गार्डमा कोरोना देखिएपछि अन्य सम्पर्कमा आएका प्रहरी र जिल्ला प्रशासन प्रमुख सिडिओको पनि परीक्षण गरिएको छ। तर, रिजल्ट आइसकेको छैन।

त्यसै केही दिनअघि महानगरीय प्रहरी वृत्त कालीमाटी रहेका दुई जना प्रहरीमा कोरोना देखिएपछि वृत्त नै सिल गरिएको छ। त्यहाँ भएका र सम्पर्कमा आएका २ सय ३१ जनाको कोरोना परीक्षण गरिएको छ। केहीको नेगेटिभ रिजल्ट आइसकेको छ भने धेरैको रिजल्ट आउन बाँकी छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell