PahiloPost

Jun 10, 2025 | २८ जेठ २०८२

सुदूरपश्चिममा भारतबाट आएका थप तीन जनामा कोरोना पुष्टि, दार्चुलामा पनि भेटिए संक्रमित



एम बम

सुदूरपश्चिममा भारतबाट आएका थप तीन जनामा कोरोना पुष्टि, दार्चुलामा पनि भेटिए संक्रमित

कैलाली : सुदूर पश्चिममा थप तीन जनामा कोरोना पुष्टि भएको छ। धनगढीको प्रयोगशालामा गरिएको परीक्षणमा थप तीन जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालले जनाएको छ।

अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार दुई जना कैलाली र एकजना दार्चुलाका पुरुषमा कोरोना पुष्टि भएको हो।

कैलालीको जानकी गाउँपालिकाका २५ र ३० वर्षीय पुरुष तथा दार्चुलाको महाकाली नगरपालिका वडा नम्बर ५ का २१ वर्षीय युवकमा कोरोना पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए।

नयाँ संक्रमित तिनै जना भारतबाट आएको खुलेको छ। कैलालीको जानकी गाउँपालिका १ मा रहेको सरस्वती माविको क्वारेन्टाइनमा रहेका दुई जनामा संक्रमण पुष्टि भएको हो ।

उनीहरु दुई जना त्रिनगर र खक्रौला तथा दार्चुलाका सक्रमित जिल्लाकै नाकाबाट स्वदेश फर्किएको खुलेको हो।

दार्चुलाका संक्रमित भने उतै छन्।

यससँगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमतिको सङख्या २० पुगेको छ। प्रदेशमा सबैभन्दा बढी कैलालीमा १०, बैतडीमा ५, अछाममा दुई, दार्चुला, कञ्चनपुर र डडेल्धुरामा एकरएक जनामा कोरोना पुष्टि भएकोमा पाँच जना संक्रमित कोरोनालाई जितर घर फर्किएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell